काठमाडौँ । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टीलाई सुधार गर्न तीन वटा सुझाव अगाडी सारेका छन् ।
उनले एमाले आधुनिक र शक्तिशाली भएर उदाउन सक्ने भन्दै अब ’इतिहासको ब्याज’ मा होइन, ’भविष्यको लगानी’ मा ध्यान दिनुपर्ने बताएका छन् ।
उनले तीन सुझाव दिदै भनेका छन्– पहिलो, विज्ञतामा आधारित राजनीति: अब पार्टीले केवल भाषण होइन, विषयविज्ञ र अर्थशास्त्रीहरूसँगको सहकार्यमा देशको आर्थिक संकट समाधान गर्ने ’प्राविधिक रोडम्याप’ तयार गर्नुपर्छ । दोस्रो, डिजिटल मेरिटोक्रेसी: व्यक्तिगत पहुँचका आधारमा जिम्मेवारी दिने प्रथा अन्त्य गर्न आधुनिक प्रविधि र पारदर्शी ’इभ्यालुएसन फ्रेमवर्क’ लागू गर्नुपर्छ, जसले हरेक कार्यकर्ताको क्षमता र योगदानको निष्पक्ष मापन गरोस् । तेस्रो, संरचित पुस्तान्तरण: नयाँ पुस्तालाई नेतृत्वमा ल्याउन र अनुभवीहरूको ज्ञान उपयोग गर्न ’को–लिडरसिप र मेन्टरसिप’ को वैज्ञानिक मोडल सुरु गर्नुपर्छ ।
नेता पाण्डेले अबको एमाले केवल राजनीतिक शक्ति मात्र होइन, देशका जटिल समस्या समाधान गर्ने ’विज्ञता र प्रविधि’ सहितको एउटा गतिशील संस्था बन्नुपर्ने बताएका छन् ।
FACEBOOK COMMENTS