काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले निर्वाचित सरकारलाई अपदस्त गरिएको टिप्पणी गरेका छन् ।
बुधबार जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको एमालेको केन्द्रीय कार्यालयको अनुगमन गर्न पुगेका बादलले अहिले जनताले निर्वाचित गरेको सरकारलाई अपदस्त गरिएको बताउदै नागरिक सरकारको रुपमा अनागरिक सरकार बनाइएको बताएका हुन् ।
पार्टीले आफ्नो धारणा सार्बजनिक गरिसकेको र सबै घटनाको बारेमा अन्तिम धारणा सार्बजनिक गर्ने बताए । बादलले अब बामपन्थी धुर्बिकरण हुनुपर्ने बताउदै अब बामपन्थी आन्दोलनलाई धुर्बिकरण गर्ने प्रयास गर्ने बताएका छन् ।
FACEBOOK COMMENTS