काठमाडौं । चार पटक प्रधानमन्त्री बनिसकेका केपी शर्मा ओली आफ्नै निर्वाचन क्षेत्र झापा–५ मा फराकिलो अन्तरले पछि परेका छन् । सार्वजनिक मतगणनाको प्रवृत्ति अनुसार उनलाई बालेन शाह ले पराजित गर्ने सम्भावना बलियो देखिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले झापा–५ बाट चुनाव लड्दै एमाले अध्यक्ष ओलीलाई कडा चुनौती दिएका थिए । पछिल्लो मतपरिणामको रुझानले बालेनको जित लगभग निश्चित जस्तै देखिएकोे छ ।
यससँगै नेपाल कम्युनिष्ट पार्टी (एमाले) समग्र रूपमा पनि कमजोर अवस्थामा पुग्ने संकेत देखिएको छ । प्रारम्भिक नतिजा अनुसार रास्वपा बहुमत नजिक पुगिरहेको छ र बालेन शाहलाई सम्भावित प्रधानमन्त्रीका रूपमा हेरिन थालिएको छ ।
राजनीतिक विश्लेषकहरूका अनुसार यो परिणाम पछिल्लो समय भएको जेन्जी आन्दोलन र पुराना दलप्रति बढ्दो असन्तुष्टिको प्रतिफल हो ।
पछिल्लो नतिजाले एमालेभित्र समेत आत्ममूल्यांकन र पुनर्गठनको बहस सुरु हुने संकेत देखिएको छ । पार्टीभित्रका केही नेताहरूले नेतृत्व शैली र संगठन संरचनाबारे पुनर्विचार आवश्यक रहेको बताएका छन् ।
राजनीतिक विश्लेषकहरूका अनुसार यो परिणामले नेपालको राजनीतिमा पुराना दल र नयाँ शक्तिबीचको प्रतिस्पर्धा अझ तीव्र हुने संकेत दिएको छ ।
FACEBOOK COMMENTS