काठमाडौं । नेकपा एमालेले बोलाएको विघटित प्रतिनिधिसभामा रहेका सांसदहरूको बैठक आज बस्दैछ ।
प्रतिनिधिसभा पुन:स्थापनाका लागि सर्वोच्च अदालतमा रिट निवेदन दिने तयारी गरिरहेको एमालेले सांसदहरूको बैठक बोलाएको हो । बैठक केन्द्रीय कार्यालय च्यासलमा दिउसो १ बजेदेखि शुरु हुदैछ ।
विघटित प्रतिनिधिसभामा एमालेका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार मुलुकको राजनीतिक परिस्थिति बारे छलफल गर्नका लागि विघटित प्रतिनिधिसभाका सांसदहरूको बैठक बोलाइएको हो ।
जेनजी आन्दोलनको बलमा सुशीला कार्की प्रधानमन्त्री नियुक्त भएसँगै भदौ २७ मा प्रतिनिधिसभा विघटन गरिएको थियो ।
सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गरेर आगामी फागुन २१ मा चुनावको घोषणा गरिएको छ ।

सरकारले चुनावको तयारी गरिरहेको छ भने एमाले भने प्रतिनिधि सभा पुनस्थापना हुनुपर्ने पक्षमा उभिएको छ ।

FACEBOOK COMMENTS