काठमाडौं । प्रतिनिधि सभाको पहिलो अधिवेशनको पहिलो दिन नै नेकपा एमालेका संसादहरुले अवरोध गरेका छन् ।
बैठक शुरु हुना साथ एमालेका सांसदहरुले उठेर अवरोध गरेपछि बैठकको अध्यक्षता गरिरहेका अर्जुननरसिंह केसीले एमाले नेता गुरु बराललाई बोल्न समय दिएका छन् ।
नेता बरालले सरकारले संबिधान विपरित काम गरिरहेको बताउदै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरिएको विषयको विरोध गरेका छन् ।
बरालले आन्दोलनका क्रममा एमाले नेता कार्यकर्ताहरुलाई घाइते बनाइएको बताउदै छानबिनको माग गरेका छन् । उनले संबिधान अनुसार देश चलोस भन्दै ओली र काँग्रेस नेता रमेश लेखकको रिहाईको माग गरेका छन् ।