काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक समय समय परिवर्तन भएको छ ।
आज शुक्रबार दिउँसो १ बजेलाई बोलाइएको बैठक एक घण्टा पछि २ बजे बस्नेगरी समय परिवर्तन भएको एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए ।
११ औँ महाधिवेशन अघि बस्न लागेको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले विधान संशोधन र मनोनीत प्रतिनिधिबारे प्रस्ताव गर्ने बताइएको छ । एमालेको महाधिवेशन शनिबार भक्तपुरको सल्लाघारीमा उद्घाटन हुँदैछ ।
FACEBOOK COMMENTS