काठमाडौं । पूर्वाञ्चलमा नमुना संयुक्त राष्ट्रसंघ सम्मेलन आयोजना भएको छ । वैचारिक युवा समाजले अमेरिकी दूतावाससँगको सहकार्यमा सम्मेलन आयोजना गरेको हो ।
कार्यक्रममा विद्यार्थीलाई युवा शक्तिको जागरण गराउने उद्देश्यले आयोजन गरिएको छ । सम्मेलनमा प्रदेशका विभिन्न क्षेत्रबाट विभिन्न संकायका विद्यार्थीको सहभागिता रहेको थियो ।
कार्यक्रममा प्रदेश १ का समाज विकास मन्त्री बुद्धिराज भण्डारीको उपस्थितिमा भएको हो । सम्मेलनमा सहभागी युवाहरूले देशको वर्तमान र विगतको अवस्थाबारे छलफल भएको छ ।
४० भन्दा बढीको सहभागिता भएको कार्यक्रममा सहभागीहरूले बहस, अनुसन्धान, नेतृत्वसँग सम्बन्धित सीपहरू सिक्ने आयोगकले जनाएको छ ।
पूर्वाञ्चल नमूना संयुक्त राष्ट्र संघ, एभरेष्ट अन्तर्राष्ट्रिय नमूना संयुक्त राष्ट्र संघको प्रादेशिक तहको कार्यक्रम हो । यो कार्यक्रम, पूर्वाञ्चल प्रदेशको लागि दोस्रो संस्करण हो ।
FACEBOOK COMMENTS