काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट पार्टी जति बलियो हुन्छ देशमा गणतन्त्र त्यति नै बलियो हुने दाबि गरेका छन् ।
एमालेको ११औं महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेलाई राष्ट्रियताको पहरेदार भन्दै नेपालमा ८० बर्षको इतिहासमा देशभक्त पार्टीको पहिचान बनाएको बताए ।
उनले समृद्ध नेपाल र सुखी नेपालीको नारालाई अगाडी बढाएर देशमा गणतन्त्र नेपालको अग्रणी दलको पहिचान बनाएको भन्दै नेपाली विशेषतासहितको लोकतान्त्रिक गणतन्त्रको पहरेदारको रुपमा अगाडी बढिरहेको बताए । उनले मानवतावाद र न्यायको पालना गर्ने र विश्वशान्तिमा आधारित विदेश नीति रहेको पार्टीको परिचय एमालेले बनाएको दाबि गरे । उनले आजको परनिर्भरताको युगमा पनि आफ्नै पौरखको बलमा देशलाई समृद्ध बनाउन अगाडी बढेको बताए ।
ओलीले आफुहरु परिपूर्ण लोकतन्त्रको पक्षमा रहेको बताउदै राजनीति आम जनताको खुशीसँग सम्बन्धित हुनुपर्छ भन्ने मान्यतामा रहेको बताए । उनले आजको युगमा अनिर्वाचित सत्ता आफुहरुलाई मन्जुर नभएको बताउदै जनताको मत जितेर शान्तिपूर्ण ढंगले देश संचालन गर्नुपर्ने आफुहरुको स्पष्ट धारणा रहेको उल्लेख गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले लोकतन्त्र अजय र अजम्बरी भएको बताउदै आफुहरु कमजोर भएमा राष्ट्रिय कमोजोर हुने दाबि गरे ।
FACEBOOK COMMENTS