पोखरा । एकीकृत समाजवादीका कास्की जिल्ला कमिटीका सदस्यहरु नेकपा एमालेमा फर्किएका छन् ।
तत्कालिन एकीकृत समाजवादीका जिल्ला कमिटी सदस्य झपिन्द्रराज रेग्मी, शिवराज आचार्यसहित तीन सय भन्दा बढी नेताहरु एमाले प्रवेश गरेका हुन् ।
उनीहरुलाई नेकपा एमालेक केन्द्रीय कमिटी सदस्य तथा एमाले गण्डकी प्रदेश इन्चार्ज खगराज अधिकारी , प्रदेश कमिटी अध्यक्ष नवराज शर्मा, कास्की इन्चार्ज कृष्ण थापासहितका नेता कार्यकर्ताले स्वागत गरेका थिए ।
माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी र माओवादी केन्द्र मिलेर हाल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बनेको छ ।
FACEBOOK COMMENTS