काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले सफा हिमाल अभियानका लागि आफ्नो सहयोग जारी राख्ने घोषणा गरेको छ ।
नेपाली सेनाको अगुवाइमा अन्य सरकारी निकायसँगको सहकार्यमा चैत २९ गतेदेखि जेठ २३ गतेसम्म सफा हिमाल अभियान–२०२४ सञ्चालन भएको थियो ।
युनिलिभर नेपाल लिमिटेडले यस अभियानमा सङ्कलन गरिएको फोहोरलाई रिसाइकल गर्नका लागि आधिकारिक फोहोर व्यवस्थापन तथा रिसाइक्लिङ्ग साझेदार अवनी भेन्चर्सलाई सहयोग गरेको छ । यस वर्षको अभियानमा सगरमाथा, ल्होत्से तथा नुप्त्सेबाट ११ हजार केजी भन्दा बढी फोहोर र १ थान कङ्कालसहित पाँच वटा शवको अवशेष सङ्कलन गरिएको छ ।
युनिलिभरले सन् २०२१, २०२२ र २०२३ मा नेपाली सेनालाई प्रत्यक्ष रूपमा सफा हिमाल अभियानमा गर्वका साथ सहयोग गरेको थियो ।
नेपाली सेनाका अनुसार २०१९ देखि सुरू भएको सफा हिमाल अभियानमा १०८ टनभन्दा बढी फोहोर सङ्कलन भएको छ भने १२ जना मृतकको शवको अवशेष सङ्कलन भएको छ ।
FACEBOOK COMMENTS