काठमाडौं । युनियन लाइफ इन्स्योरेन्सले प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज कुमार लाल कर्णलाई ८२ लाख २९ हजार ८३० रुपैयाँ तलब भत्ता भुक्तानी गरेको छ ।
कम्पनीले आर्थिक वर्ष २०७७/०७८मा सीईओलाई उक्त रकम तलबभत्ता बापत भुक्तानी गरेको हो । कम्पनीले सिइओलाई तलब बापत ८२ लाख ५ हजार ७०९ रुपैयाँ, बीमा बापत २० हजार १५१ रुपैयाँ भुक्तानी गरेको छ । त्यस्तै, दुर्घटना बीमा बापत ७७० रुपैयाँ र स्वास्थ्य बीमा बापत ३२ सय रुपैयाँ भुक्तानी गरेको छ ।
FACEBOOK COMMENTS