काठमाडौं। कर्मचारी कटौतीको सरकारीपछि असन्तुष्ट संघीय संसद् र प्रदेश सभाका पदाधिकारीहरूले शुक्रबार राष्ट्रपतिसँग भेट गर्ने भएका छन् ।
सिंहदरबारमा जारी छलफल सकिएपछि शुक्रबार दिउँसो साढे ३ बजे राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गर्ने संघीय संसद् र प्रदेश सभाका पदाधिकारीको तयारी छ ।
प्रतिनिधिसभाका सभामुख देवराज रिमालको सचिवालयले राष्ट्रपतिसँग भेटका लागि आज दिउँसो साढे तीन बजेको समय लिइएको जानकारी दियो ।
संघीय संसद् र प्रदेश सभाका पदाधिकारीले भोलि प्रधानमन्त्री सुशीला कार्कीसँग पनि भेट गर्दैछन्। प्रधानमन्त्रीलाई निर्णय फिर्ताको लागि दबाब दिन संघ र प्रदेशका पदाधिकारीले संयुक्त भेट गर्न लागेका हुन् ।
यसअघि गत १७ कात्तिकमा संघीय संसद्का पदाधिकारीले प्रधानमन्त्री कार्कीसँग भेट गरेका थिए। संघीय संसद्को प्रमुख अंग भएको भन्दै उनीहरूले खर्च कटौतीको नाममा गरिएको कर्मचारी र सुविधा कटौतीको निर्णय फिर्ता लिन आग्रह गरेका थिए ।

FACEBOOK COMMENTS