काठमाडाैँ । लक्ष्मी सन्राइज क्यापिट्लले युनियन मेवा हाइड्रो लिमिटेडको सर्वसाधारणमा बिक्री गरिने सय अंकित दरका ३५ करोड ३८ लाख ६० हजार ५०० रकम बराबरको ३५ लाख ३८ हजार ६०५ कित्ता साधारण शेयर निष्काशन तथा बिक्री प्रबन्ध गर्ने सम्बन्धी सम्झौता गरेको छ ।
उक्त सम्झौतामा लक्ष्मी सन्राइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठ र युनियन मेवा हाइड्रो पावरको तर्फबाट अध्यक्ष किरण मल्लले हस्ताक्षर गरेका छन् ।
युनियन मेवा हाइड्रोले ताप्लेजुङ जिल्लाको मिक्वा खोला गाउँपािलकामा रहेका २३ मेगावाट क्षमताको मेवा खोला जलबिद्युत आयोजना निर्माणाधिन करिब ३५ प्रतिशत कार्य सम्पन्न भईसकेको छ ।
