काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले माघ २२ गतेका लागि बुक क्लोज गर्ने भएको छ ।
कम्पनीले फागुन ६ गते वार्षिक साधारणसभा बोलाएको छ । सभा प्रयोजनका लागि माघ २२ गते बुक क्लोज गरेको हो । माघ २१ गतेसम्म कायम रहने सेयरधनीले सभामा भाग लिन पाउनछन् भने कम्पनीले ताकेको लाभांश पाउन सक्नेछन् ।
कम्पनीले गत आवको नाफाबाट सेयरधनीलाई १०.२६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५४ प्रतिशत नगदसहित १०.८० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । सभामा साथै, सभामा आर्थिक वर्ष २०७९-८० को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ ।
आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ । सभाले संस्थापक सेयरधनीहरुको तर्फबाट सञ्चालक समितिको प्रतिनिधित्व गर्ने ३ जना र सर्वसाधारण सेयरधनीको तर्फबाट २ जनाको निर्वाचन गर्नेछ ।
FACEBOOK COMMENTS