काठमाडौं । युनाइटेड इदी मर्दी हाइड्रोपावर कम्पनीले आजका लागि बार्षिक साधारणसभा बोलाएको छ ।
सभा, आभ्या क्लब, घारीपाटन–१७ पोखरा, कास्कीमा हुँदैछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन ४ गते बुक क्लोज गरिसकेको छ ।
फागुन ३ गतेसम्म कायम सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउनेछन् । कम्पनीले गत आवको नाफाबाट सेयरधनीलाई ५.७८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।
जसमा बोनस ५.५० प्रतिशत र कर प्रयोजनका लागि ०.२८ नगद लाभांश दिने प्रस्ताव गरेको छ । आज बस्ने सभाले पारित गरेपछि उक्त लाभांश सेयरधनीले पाउनेछन् ।
FACEBOOK COMMENTS