काठमाडौँ– युएईमा जारी नेपाल र वेस्ट इन्डिजबीचको तीन खेलको युनिटी कप टी–२० सिरिजको अन्तिम खेलमा आज यी दुई टिमबीच प्रतिस्पर्धा हुँदैछ ।
पहिलो र दोस्रो खेलमा जित निकाल्दै सिरिज २–० ले आफ्नो पक्षमा पारेको नेपाल आज अर्को कीर्तिमानका लागि मैदान उत्रिनेछ । नेपाल कुनै पनि टेस्ट टोलीविरुद्ध क्लिन स्विपको कीर्तिमा रच्न मैदान उत्रिने लक्ष्यमा रहँदा वेस्टइन्डिज भने आफ्नो प्रतिष्ठा जोगाउन मैदान उत्रिदैछ ।
पहिलो खेल १९ रन र दोस्रो खेलमा ९० रनको प्रभावसालि जीत निकालेको नेपाल दुई पटकको विश्वच्याम्पियन वेस्ट इन्डिजविरुद्ध एकपक्षीय रुपमा हाबी भयो ।
वेस्टइन्डिज दोस्रो खेलमा कुनैपनि समय आफूलाई नियन्त्रणमा राख्न सकेन। नेपाली टोली भने दोस्रो खेलमा ब्याटिङ, बलिङ र फिल्डिङ सबै पक्षमा अब्बल सावित भएको थियो ।
मंगलबार शारजाहमा साँझ ८:१५ बजे सुरु हुने खेलमा नेपाल नयाँ मानक र इतिहाससहित आफ्नो यात्रा अन्त्य गर्ने प्रयासमा हुँदा वेस्टइन्डिज भने धरासायी र खस्किएको मनोवलसहित बिदा हुने अवस्थामा पुगेको छ ।
यद्यपि अन्तिम खेल जित्दै सर्वनाक पराजयबाट जोगिने वेस्टइन्डिजको लक्ष्य रहेको छ। लगातार उत्कृष्ट प्रदर्शनले उत्साही बनेको नेपाली टोली फेरि एकपटक आफूलाई सोही लयमा मैदान उतार्ने प्रयासमा लाग्नेछ ।
नेपाली कप्तान रोहितकुमार पौडेलले लगातार राम्रो प्रदर्शन गर्दै आएको र त्यसलाई निरन्तरता दिनका लागि सबै एकजुट भएर बलियो आत्माविश्वासका साथ मैदानमा उत्रिने बताए।
वेस्ट इन्डिजका कप्तान अकिल हुसैनले भने नेपाल उच्च मनोबल टिम भावना र लामो समयदेखि एकताबद्व भएर मैदानमा उत्रिंदा नतिजा निकाल्न सफल भएको बताए ।
उनले कुनैपनि टिमले मनबाट र जित्नका लागि खेल्छ भने उसँग नतिजा आफ्नो पक्षमा पार्न चुनौतीपूर्ण हुने बताएका थिए ।
यद्यपी ३२ वर्षीय अलराउन्डरले आफ्नो कप्तानीमा टिम खराब इतिहासको साक्षी बनाइसकेका छन्।
अब त्यसलाई थप खराब नबनाउने उदेश्य सहित शान्तवना जितको खोजीमा मैदान उत्रिने तयारीमा वेस्टइन्डिज रहेको छ ।
FACEBOOK COMMENTS