भदौ २४,काठमाडौं । हरितालिका तिजको अवसरमा महिलाहरुलाई लक्षित गर्दै सांग्रिला डेभलपमेन्ट बैंकले लकर सुविधामा ४० प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ । बैंकले बुधबारबाट लागु हुने गरी याे छुटकाे व्यवस्था गरेकाे हाे ।
तीन महिनाभित्र लकर सुविधा लिने ग्राहकहरुले उक्त छुटको सुविधा प्राप्त गर्न सक्ने जानकारी दिएकाे छ ।
बैंकले यस लकर सुविधाबाट लाभ उठाई आफ्नो बहुमुल्य सामान सुरक्षित राख्न ग्राहकहरुलाई अनुरोध गरेकाे छ ।
FACEBOOK COMMENTS