उपराष्ट्रपति नन्द बहादूर पुनले नेपाल पनि श्रीलंकको जस्तै आर्थिक संक्रटमा जादैछ भन्नु बाहिरी हल्ला मात्र भएको बताएका छन् । करपोरेट म्यागजीनले होटल र्याडिसनमा आयोजन गरेको कर्पोरेट बिज्नेस अवार्डको प्रमुख आतिथ्यताको रुपमा बोल्दै उपराष्ट्रपति पुनले यस्तो बताएका हुन् ।
उनले भने, ‘अहिले नेपाल पनि श्रीलंकाको बाटोमा जाँदैछ भन्ने हल्ला छ तर तेसो होईन । हामिलाई सम्बन्धीत निकायका व्यक्तिहरुले नेपाल श्रीलंकाको बाटोमा नजानेमा विश्वास्त पार्नुभएको छ ।’ उनले देशमा अहिले देखिएको समस्याकाे मुख्य कारण कोरोनाको महामारी र युक्रेन रसिया युद्ध रहेको दावी गरे । रसियाबाट विश्वभर एक चौथाई खाद्यान्न आपूर्ति हुने गरेको र सो आपुर्ति ठप्प भएकोले यसको असर अहिले नेपाल सहित विश्वभरिनै देखिएको उनले बताए । यसले गर्दा देशमा महंगी बढेको पनि उनले दावी गरे ।
त्यस्तै, उनले श्रीलंकको घटना पछि नेपालीहरुले नेपाल पनि सुरक्षीत नभएको भन्दै पैसाहरु विदेशमा लगेर राख्ने गरेको भन्दै भन्दै चिन्त व्यक्त गरे । उनेले भने, ‘श्रीलंकको घटना पछि केही नेपालीहरुले नेपाल पनि सुरक्षीत नभएको भन्दै पैसाहरु विदेशमा लगेर राख्ने गरेको अपुष्ट खबरहरु आएको छ । यदि यो साचो हो भने यसले देशलाई घाटा हुन्छ ।’ उनले यी यस्ता कुराले गर्दा देशको अर्थतन्त्र अलिकति तलामाथि भएको भएतापनि देश श्रीलंकाजस्तो अवस्थामा नजाने बताए ।
यस्तै उनले सरकारले उद्योग व्यवसायीहरुको सुझवलाई मौद्रिक नीतिमा समेटर अघि बढ्दा देशको अहिलेको समस्याको समधान हुने विश्वास व्यक्त गरे ।
FACEBOOK COMMENTS