काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) उपासना पौडेल पक्राउ परेकी छन्।
उनलाई आज केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बबरमहलबाट पक्राउ गरेको जनाएको छ ।
नेपाल बीमा प्राधिकरणको पत्रद्वारा ट्रस्ट इन्स्योरेन्स ब्रोकरमा गरिएको निरीक्षण प्रतिवेदन अनुसार बीमा ऐन कसुरमा पक्राउ गरिएको सीआईबीले जनाएको छ।