काठमाडौँ । आज राष्ट्रिय सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आज दिउसो १ः१५ बजेदेखि राष्ट्रियसभाको बैठक सिंहदरबारमा बस्दैछ ।
आज विधायन व्यवस्थापन समितिकी सभापति तुलसा कुमारी दाहालले चलचित्र विधेयक, २०८१ सम्बन्धि समितिको प्रतिवेदन पेश गर्ने कार्यतालिका रहेको छ ।
त्यस्तै आजको बैठकमा संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम गेल्जेन् शेर्पाले संघियता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आर्थिक बर्ष २०८१-८२ को वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ ।
FACEBOOK COMMENTS