काठमाडौं । अप्पर स्याँङ्गे हाइड्रोपावर लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ।
त्यसका लागि एनआईएमबी एस क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
अप्पर स्याँङ्गे हाइड्रोपावरले हाल कायम रहेको चुक्ता पूँजी २२ करोड रुपैयाँको १:१ अर्थात् १ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव कम्पनीको गत असोज ९ गते बसेको नवौं वार्षिक साधारणसभाले स्वीकृत गरिसकेको छ ।
सोही बमोजिम हकप्रद शेयर निष्काशन गर्ने प्रयोजनका लागि कम्पनीको साउन १४ गते बसेको सञ्चालक समितिको बैठकले एनआईएमबी एस क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गर्ने निर्णय गरेको हो ।