काठमाडौं । तमोर इनर्जी प्रालिले निर्माण गर्न लागेको माथिल्लो तमोर जलविद्युत आयोजनालाई वित्तीय व्यवसथापन जुटेको छ ।
वित्तीय व्यवस्थापनमा एभरेष्ट बैंकका सीईओ सुदेश खालिङ र तमोर इनर्जी प्रालिका अध्यक्ष पुष्पज्योति ढुंगानाले हस्ताक्षण गरेका हुन् ।
स्वदेशी निजी क्षेत्रबाट निर्माण हुन गइरहेको अहिलेसम्मकै ठूलो यो आयोजना २८५ मेगावाट क्षमताको हो । माथिल्लो तमोरमा एभरेष्ट बैंकको नेतृत्वमा कृषि विकास बैंक, एचआइडीसीएल, राष्ट्रिय वाणिज्य बैंक, प्रभु, लक्ष्मी सनराइज, नेपाल एसबिआई र गरिमा विकास बैंकले ऋण लगानी गर्ने भएका छन् ।
आयोजनाको अनुमानित लागत निर्माण अवधिको ब्याजसहित ५५ अर्ब रूपैयाँ अनुमान गरिएको छ । यसमा ३० प्रतिशत स्वपुँजी र बाँकी ऋण लगानी हुनेछ । कम्पनीका अध्यक्ष ढुंगानाले २०८५ सालभित्र निर्माण सम्पन्न गर्नेगरी काम भइरहेको जानकारी दिए ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले ५०० मेगावाटसम्मका आयोजना स्वदेशी निजी क्षेत्रले नै बनाउन सक्ने कुरा पुष्टि भएकाले विद्युत विधेयक संशोधन गरेर मात्रै पास हुनुपर्ने बताए । विद्युत विधेयकमा स्वदेशी निजी क्षेत्रलाई एक सय मेगावाटसम्मका आयोजनामा सीमित गर्न खोजिएको उनको भनाइ थियो । उनले २८५ मेगावाटको आयोजनामा लगानी गर्ने सबै स्वदेशी बैंक तथा वित्तीय संस्थालाई धन्यवाद दिए । जलविद्युत आयोजनाले बिजुली उत्पादन मात्र नभई राज्यले गर्नुपर्ने पूर्वाधार विकासका धेरै काम गरिरहेको जिकिर उनको थियो ।
२५५. २८१ मेगावाट क्षमताको अप्पर तमोर जलविद्युत आयोजना निर्माण हुँदै
FACEBOOK COMMENTS