काठमाडौँ । राष्ट्रिय सभाको बैठक आज बस्दैछ । बैठक आज दिउसो ४: १५ बजे बस्ने संघीय संसद सचिवालयले जानकारी दिएको छ ।
त्यस्तै आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले संवत् २०८२ साल चैत २७ गते राष्ट्रपतिद्वारा सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई गरेको सम्बोधनको प्रति टेबुल गर्ने कार्यसूची रहेको छ ।
त्यस्तै बैठकमा राष्ट्रपतिबाट भएको सम्बोधनको लागि धन्यवादको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।