काठमाडौं, १२ असोज – अहिलेको बजारको विषयमा बोल्दै स्वतन्त्र पूँजी बजार सुधार संघले एक प्रेस विज्ञप्ति सार्वजनिक गरेको छ । केही समय देखि सेयर बजार निरन्तर रुपमा घटीरहेको र बजार तीव्र गतिमा घट्नु पर्ने कुनै खास कारण भने नदेखिएको उल्लेख छ । बजारमा चल्ने अनेक हल्लाको पछि लागेर हतोत्साहित नहुन नयाँ तथा आम लगानीकर्ताहरुमा संघले आग्रह गरेको छ ।
विज्ञप्ति भनिएको छ, रातपछि दिन आउँछ भनेस् शेयर बजार पनि घटेपछि बढ्ने निश्चित छ । यो समय भनेको शेयर बजारको लागि माना रोपी मुरी फलाउने समय हो । त्यसैले अहिले कोहि लगानीकर्ता पनि प्यानिक हुनुपर्ने अवस्था छैन र प्यानिक नहुन सम्पूर्ण लगानीकर्ताहरुमा आग्रह गर्दछौं ।
बजार अलिकति बढ्ने बित्तिकै विज्ञप्ती निकाल्न हतारिने सम्बन्धित निकायहरु बजार निरन्तर ओरोलो लाग्दा भने कोहि चुइँक्क बोलेको नपाइएको भन्दै पूँजी बजारको विकासको लागि सम्बन्धित निकायहरुलाई जिम्मेवार हुन र बजारको विषयमा तत्काल सम्बोधन गर्न विज्ञप्तिमार्फत् ध्यानाकर्षण गराउदै अहिले धितोपत्र बोर्ड, अर्थ मन्त्रालय, राष्ट्र बैंक, अर्थमन्त्री लगायत सबै बजारको बारेमा सकारात्मक रहेकोले बजार सुधार हुने निश्चित रहेको उल्लेख छ ।
FACEBOOK COMMENTS