काठमाडौँ । नेपाल–भारत ऊर्जा सचिव स्तरीय संयुक्त निर्देशक समितिको ११ औं बैठक सम्पन्न भएको छ । चितवनको मेघौलीमा ऊर्जा सचिव गोपालप्रसाद सिग्देल तथा भारतका ऊर्जा सचिव पंकज अग्रवालको सहभागितामा मेघौलीमा बैठक सम्पन्न भएको हो ।
बैठकले नेपाल–भारतबिचको मौजुदा विद्युत् प्रसारण लाइनहरु, निर्माणाधीन तथा प्रस्तावित अन्तर्देशीय प्रसारण लाइन, भारतीय लगानीका आयोजना तथा सम्बद्ध प्रसारण लाइन लगायतका विषयमा छलफल गरेको छ । यस्तै, बैठकले विभिन्न ८ वटा निर्णयसमेत गरेको छ ।
बैठकले ढल्केबर सबस्टेशनमा आवश्यक पूर्वाधार निर्माण भएपछि हाल सञ्चालन रहेको पहिलो अन्तर्देशीय ढल्केबर–मुजफ्फुपुर ४ सय केभी प्रसारण लाइनबाट हुने विद्युत् आयात–निर्यातको परिणाम ८ सय मेगावाटभन्दा बढी पुर्याउन अध्ययन गर्ने निर्णय भएको छ ।
Press release- Final
FACEBOOK COMMENTS