काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालसँग अमेरिकी राजदूत डिन आर थम्पसनले भेटवार्ता गरेका छन् ।
बुधबार सिंहदरबारमा उनीहरूबीच भेटवार्ता भएको गृहमन्त्री अर्यालको सचिवालयले जनाएको छ । छलफलमा दुई देशबीचको द्विपक्षीय सम्बन्धका विषयमा छलफल भएको जनाइएको छ ।
छलफलमा गृहमन्त्री अर्यालले वर्तमान सुरक्षा अवस्था दिन प्रतिदिन सुधार हुँदै गएको जानकारी गराएका छन् । भेटमा अमेरिकी राजदूतले एमसीसी परियोजनाबारे पनि छलफल भएको मन्त्री अर्यालको सचिवालयले जानकारी दिएको छ ।
FACEBOOK COMMENTS