काठमाडौं । कुवेतस्थित अमेरिकी दूतावासमा इरानले ड्रोन आक्रमण गरेको छ ।
दूतावास आसपासबाट धुवाँ उडेको देखिएको छ । यसअघि कुवेतमा केही घण्टादेखि हवाई आक्रमणको चेतावनी दिने साइरन बजिरहेको थियो ।
यसैबीच, कुवेत सहर नजिकै रहेको मिना अल अहमदी तेल प्रशोधन केन्द्रमा खसेको भग्नावशेषका कारण दुई जना कामदार सामान्य घाइते भएको कुवेत समाचार एजेन्सीले जनाएको छ ।
इरानले खाडी क्षेत्रमा रहेका अमेरिकी सम्पत्तिलाई लक्षित गर्दै नयाँ आक्रमण सुरु गरेपछि कुवेत र बहराइनमा साइरन बजेको छ । त्यस्तै कतारको राजधानी दोहा र संयुक्त अरब इमिरेट्सको राजधानी अबुधाबी र दुबईमा पनि ठुला विस्फोटका आवाज सुनिएको जनाइएको छ ।
FACEBOOK COMMENTS