अमेरिकी सांसदहरुले दीपावलीमा राष्ट्रिय रुपमा संघीय विदा दिलाउन माग गरेका छन्। अमेरिकी कंग्रेसका संसदहरुले दीपावली पर्वको अवसरमा संघीय विदा मनाउने गरी छुट्टीको माग गरेका हुन्।
दीपावलीको अवसरमा राष्ट्रिय विदाको माग गर्दै संसदहरुले अमेरिकी सांसदमा बुधबार कंग्रेस संसदहरुले विधेयक पास गर्ने भएका छन्।
भारतीय मुलका सांसद राओ खन्ना, राजा कृष्णनामुर्थीर अन्य अधिवक्तासहित लोकतान्त्रिक पक्षका सांसदले बुधबार सो विधेयक पास गर्न लागेको बताइएको छ।
इन्डियन अमेरिकी समुदायका प्रतिनिधि सन्जीव जोशीपुराले अमेरिकामा रहेका भारतीय र नेपाली मुलका मानिसलाई समर्थन गर्न सो विधेयक पारित गर्न लागेको बताएका छन्।
सो विधेयक पारित भएमा भारतीय र नेपाली मुलको बाहुल्यता रहेका विभिन्न राज्यमा दीपावली पर्व मनाउन संघीय विदा पाइने अमेरिकी सांसद क्यारोलिन म्यालोनीले बताएकी छन्। ‘यदि सो विधेयक पास भएमा अमेरिकामा बसोबास गर्दै आएका लाखौँ भारतीय र नेपाली मुलका नागरिकहरुको लागि अत्यन्तै अर्थपूर्ण साबित हुनेछ’, उनले भनेकी छन्।
FACEBOOK COMMENTS