काठमाडौं । भेनेजुएलासँग तनाव बढिरहेका बेला अमेरिकाले क्यारेबियन क्षेत्रमा आफ्नो सबैभन्दा ठुलो युद्धपोत तैनाथ गरेको छ ।
विश्वको सबैभन्दा ठूलो युद्धपोत यूएसएस जेराल्ड आर. फोर्डको नेतृत्वमा रहेको अमेरिकी नौसेना स्ट्राइक फोर्स क्यारेबियन सागरमा तैनाथ गरिएको अमेरिकी नौसेनाले पुष्टि गरेको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना क्यारेबियनमा यो स्ट्राइक फोर्स तैनाथ गर्ने आदेश दिएका थिए । यो तैनाथी यस्तो समयमा आएको हो जब कथित लागुपदार्थ तस्करहरूमाथि अमेरिकी आक्रमणहरू जारी छन्, जसले अमेरिका र भेनेजुएलाबीच तनाव बढाइरहेको छ ।
हालसम्म अमेरिकाले क्यारेबियन र पूर्वी प्रशान्त क्षेत्रमा कम्तीमा १९ पटक आक्रमण गरिसकेको छ, जसमा कम्तीमा ७६ जनाको मृत्यु भएको छ ।
भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र अन्य अधिकारीहरूले अमेरिकाले देशको वामपन्थी समाजवादी सरकारलाई उल्टाउने प्रयास गरेको आरोप लगाएका छन् ।

FACEBOOK COMMENTS