काठमाडौं । अमेरिकाले १९ देशका नागरिकलाई दिएको ग्रिन कार्डको पुनस् जाँच गर्ने भएको छ ।
अमेरिकी नागरिकता तथा आप्रवासन सेवाका प्रमुख जोसेफ एडलोले राष्ट्रपति डोनाल्ड ट्रम्पले १९ देशका नागरिकहरूको ग्रिन कार्डहरूको पूर्ण र कडाइका साथ पुनः जाँच गर्न निर्देशन दिएको बताएका छन् ।
ग्रीन कार्डको पुनः छानबिन गरिने देशमा अफगानिस्तान, क्युबा, हैटी, इरान, सोमालिया, भेनेजुएला, बर्मा, चाड, कङ्गो गणराज्य, इक्वेटोरियल गिनी, इरिट्रिया, लिबिया, सुडान, यमन, बुरुन्डी, लाओस, सियरा लियोन, तुर्कमेनिस्तान र टोगो रहेका छन् ।
बुधबार वाशिंगटन, डीसीमा दुई राष्ट्रिय गार्डहरूमाथि गोली चलाएको आरोप एक अफगानी नागरिकमाथि लागेपछि ट्रम्प प्रशासनले यो घोषणा गरेको हो । यस घटनामा गोली लागेका एक राष्ट्रिय गार्ड सदस्यको मृत्यु भएको छ ।
संदिग्ध रहमानुल्लाह लकनवाल, अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता भएपछि अफगानहरूलाई विशेष आप्रवासन सुरक्षा प्रदान गर्ने कार्यक्रम अन्तर्गत २०२१ मा अमेरिका आएको खुलेको छ ।

FACEBOOK COMMENTS