काठमाडौँ । इरानसँगको जारी युद्धमा अर्का एक अमेरिकी सैनिकको मृत्यु भएको छ ।
अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम) ले प्रारम्भिक इरानी आक्रमणमा गम्भीर घाइते भएका चौथो सैनिकको मृत्यु भएको जानकारी दिएको छ ।
यसअघि कमाण्डले अन्य तीन अमेरिकी सैनिकको मृत्युको जानकारी दिएको थियो । यस द्वन्द्वमा अहिलेसम्म चार अमेरिकी सैनिकले ज्यान गुमाएका छन् ।
कमाण्डले केहि अमेरिकी सैनिक घाइते भएको बताए पनि संख्या भने उल्लेख गरेको छैन ।

FACEBOOK COMMENTS