काठमाडौँ । मध्यपूर्वमा जारी सैन्य कारबाहीका क्रममा अहिलेसम्म ६ जना अमेरिकी सैनिकको ज्यान गएको अमेरिकी केन्द्रीय कमाण्डले जनाएको छ ।
प्राप्त जानकारी अनुसार इरानको प्रारम्भिक आक्रमणमा लक्षित गरिएको एक सैन्य संरचनाबाट यसअघि सम्पर्कविहीन रहेका दुई सैनिकको शव हालै फेला पारिएको हो । क्षेत्रमा प्रमुख सैन्य कारबाही अझै जारी रहेको कमाण्डले स्पष्ट पारेको छ।
ज्यान गुमाएका सैनिकहरूको परिचय भने परिवारलाई औपचारिक जानकारी दिएको २४ घण्टापछि मात्र सार्वजनिक गरिने जनाइएको छ ।
FACEBOOK COMMENTS