काठमाडौं । आज प्रतिनिधि सभा सम्पन्न भएसँगै नेपालस्थित अमेरिकी दूतावासले नेपाली जनतालाई बधाई दिएको छ ।
दूतावासले सामाजिक सञ्जालमार्फत निर्वाचन शान्तिपूर्ण र सफलतापूर्वक सम्पन्न गरेको भन्दै बधाइ दिएको हो ।
सन्देशमा भनिएको छ, ‘निर्वाचन सम्पन्न भएकोमा नेपाली जनतालाई हार्दिक बधाई। आगामी सरकारसँग हाम्रा दुवै देशको समृद्धि र सुरक्षासम्बन्धी साझा लक्ष्यहरूमा सहकार्य गर्न हामी उत्सुक छौँ ।’
अमेरिकी दूतावासले लोकतान्त्रिक प्रक्रियामा नेपाली नागरिकको सक्रिय सहभागिताको प्रशंसा गर्दै आगामी दिनमा नेपाल र अमेरिकाबिचको सहकार्य थप सुदृढ हुने विश्वास व्यक्त गरेको छ ।
FACEBOOK COMMENTS