काठमाडौं । आइसीसीले अमेरिकन क्रिकेट एसोसियसनलाई निलम्बन गरेको छ ।
आइसीसीले अमेरिकी क्रिकेट संघले लगातार नियमको उलंघन गरेको भन्दै गत बिहीबार बसेको भर्चुअल बैठकले निलम्बन गर्ने निर्णय गर्दै व्यवस्थापन नियन्त्रणमा लिने निर्णय गरेको छ ।
यस निलम्बनले अमेरिकाको विश्वकपको सहभागिता र अन्य प्रतियोगितामा कुनै असर नगर्ने आइसीसीले जनाएको छ ।
आइसीसीको जुलाईमा भएको आफ्नो वार्षिक साधारण सभाले अमेरिकी संघलाई ुस्वतन्त्र र निष्पक्ष चुनावु गर्न र संघमा सुधार गर्न तीन महिनाको समय दिएको दुई महिनाभन्दा बढी समय नबित्दै यो निलम्बन आएको हो ।
FACEBOOK COMMENTS