काठमाडाैँ । अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (यूसएआईडी) र नेपाल सरकारबीच हस्ताक्षरित अनुदानबाट बन्ने परियोजना रोक्न अर्थ मन्त्रालयले सूचना जारी गरेको छ । मन्त्रालयका अनुसार कृषि प्रत्यक्ष वित्तिय परियोजना, शिक्षा प्रत्यक्ष वित्त परियोजना, र समावेशी नीति प्रत्यक्ष वित्तिय परियोजना र स्वास्थ्य प्रत्यक्ष वित्त परियोजना रोक्ने निर्णय गरेको हो ।
अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रप्पले सबै वैदेशिक अनुदान रोक्ने अडान लिएपछि यूएसएआईडी र नेपाल सरकारबीच २०२२ मे ५ मा हस्ताक्षरित अन बजेट अन ट्रेजरी विकास उद्देश्य सम्झौताअन्तर्गत नेपाललाई प्राप्त अनुदान सहयोगका केही आयोजनाहरू तत्काल ९० दिनका लागि स्थगित गरिएको अर्थ मन्त्रालयले जनाएको छ । यूएसएआईडी नेपालले पत्रमार्फत यसबारे जानकारी गराएको छ अर्थ मन्त्रालयले जनाएको छ ।
FACEBOOK COMMENTS