काठमाडौँ । नेकपा एमालेमा नयाँ ध्रुवीकरण हुने स्पष्ट संकेतहरु देखिएका छन् ।
हाल प्रधानमन्त्री रहेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध अध्यक्षमा पुर्व राष्ट्रपति विद्यादेवी भण्डारीले चुनौती दिने निश्चित देखिएको छ ।
हालै इमेज च्यानललाई दिएको अन्तर्वार्तामा भण्डारीले आफ्नो एमालेको अध्यक्षमा दाबेदारी रहेको स्पष्ट बताएकी छन् । साथै उनले वर्तमान अध्यक्ष ओलीले अब अर्को कार्यकालका लागि अध्यक्षमा दाबि नगर्ने समेत विश्वास व्यक्त गरेकी छन् ।
नेतृत्वमा ध्रुवीकरण शुरु भएका बेला दोस्रो, तेस्रो तहका नेताहरुमा पनि ध्रुविकरण शुरु भएको छ । यसैक्रममा एमाले सचिव योगेश भट्टराईले सामाजिक सञ्जालमा लेखेको एक पोष्टमा एमाले केन्द्रीय सदस्य उषाकिरण तिम्सिनाले कडा प्रतिक्रिया दिएकी छन् ।
योगेश भट्टराईले शुक्रबार बिहान नेतृत्वलाई ललकार्ने काम बन्द गर्न आग्रह गरेका थिए । उनले भनेका थिए ‘च्यासललाई ललकार्ने, च्यासलबाट ललकार्ने, कृपया यो तरिका बन्द गरौ, बसौं, आपसमा विमर्श गरौ, सहकार्य मार्फ़त समाधान खोजौ, जबजको मर्म पनि यही हो, राष्ट्र, जनता र एमाले, हामी सबै एक ठाँउ उभिने आधार हाे’
भट्टराईको पोष्टमा जवाफ दिदै तिम्सिनाले विगत ११ बर्ष तपाँईले उल्लेख गरेको कुरा भएको छ दाइ कमरेड ? भन्दै प्रश्न गरेकी छन् ।
साथै उनले दुर्गा प्रसाईलाई केन्द्रीय सदस्य बनाउने र एकनाथ ढकाललाई सांसद बनाउने तहसम्म, राजेन्द्र लिङदेल, कमल थापा , धवलसमसेर, दिपक बोहरासम्मसँग गरेको चुनाबी गठबन्धन र भिम रावललाई टिकट नदिने र पार्टी सदस्यता समेत खोस्ने हर्कत कमिटीका नाममा, संस्थाका नाममा भएका यी सबै ध्वस्तताको बिषयमा छलफल र समिक्षा गर्न प्रस्ताव गरेकी छन् ।
उनले भने बिगत ११ बर्ष तपाँईले उल्लेख गरेको कुरा भएको छ दाइ कमरेड । मान्छेहरु बल्ल पेलिनुको पनि हद हुन्छ भन्दै छन् । तर राजनीति त विधि र बिचारमा टेकेरै हिड्नु पर्छ । फेरी पनि सांगोपांगो हिसाब-किताब केन्द्रिय कमिटीले गरोस् ।
दुर्गा प्रसाँईलाई केन्द्रिय सदस्य बनाउने र एकनाथ ढकाललाई सांसद बनाउने तहसम्म , राजेन्द्र लिंगदेल, कमल थापा , धवल समसेर , दिपक बोहरासम्म संग गरेको चुनाबी गठबन्धन र भिम रावललाई टिकट नदिने र पार्टी सदस्यता समेत खोस्ने हर्कत कमिटीका नाममा / संस्थाका नाममा भएका यी सबै ध्वस्तताको बिषयमा छलफल र समिक्षा गरौँ । खतराको घण्टी, सच्चिने वा सक्किने लगायत यक्ष बिषय र प्रश्नबाट भाग्न मिल्ने ठाँउ (स्पेस) हामीसँग छैन जस्तो लाग्छ । लालसलाम ।
FACEBOOK COMMENTS