काठमाडौँ । तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएकी छिन् ।
पुस ५ गते शुरु हुने सो प्रतियोगितामा नेपाल, भारत, भुटान, बंगलादेश, मलेसियाका खेलाडीको सहभागिता रहने छ । भारतको पश्चिम बंगाल राज्यको कालिम्पोङस्थित मल्टी स्पोट्र्स कम्प्लेक्समा हुने सो प्रतियोगिता अल इण्डिया तेक्वान्दो फेडरेसन र युनाइटेड एमेच्योर तेक्वान्दो एकेडेमी भारतको साथमा त्यहाँको प्रतिष्ठित दुर्गाज तेक्वान्दो एसोसिएसनले हरेक वर्ष आयोजना गर्ने गर्दछ ।
१० वर्षीय वैभवीले अघिल्लो वर्ष स्वर्ण पदकसहित दुई पदक जितेकी थिइन् । वैभवीले यसपटक क्योरुगी, पुम्से र स्पीड किक तीन विधामा प्रतिष्पर्धा गर्ने छिन् । त्यसका लागि वैभवी पुस २ गते बुधबार कालिम्पोङ प्रस्थान गर्ने छिन् ।
FACEBOOK COMMENTS