काठमाडौं । प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त भन्सार विधेयक २०८० राष्ट्रिय सभाबाट सर्वसम्मतले स्वीकृत भएको छ ।
उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पेश गरेको प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भन्सार विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रिय सभाबाट सर्वसम्मतले स्वीकृत भएको हो ।
विधेयक पारित भइ कार्यान्वयनमा जाँदा भन्सार प्रशासन र राजस्व परिचालनमा रहेका समस्याहरू समाधान हुने अर्थमन्त्री पौडेलले विश्वास व्यक्त गरेका छन् ।
FACEBOOK COMMENTS