काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट चोरी भएका ४१ वटा मोटरसाइकल र स्कुटरहरू ट्राफिक प्रहरीले सम्बन्धित धनीहरूलाई फिर्ता गरेको छ।
आइतबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित कार्यक्रममा कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० नवराज अधिकारीले १९ ओटा मोटरसाइकल र २२ ओटा स्कुटर सम्बन्धित मालिकहरूलाई औपचारिक रूपमा हस्तान्तरण गरे।
ट्राफिक प्रहरीको अनुसन्धानमा चोरीका केही सवारीसाधन वास्तविक नम्बर प्लेटसहित फेला परेका थिए भने केहीमा नक्कली नम्बर प्लेट राखिएको अवस्थामा फेला परेका हुन्। यी सवारीहरू जगाती, ठिमी, थली, नरेफाँट, काडाँघारी, लैनचौर, चापागाउँ, नयाँ बानेश्वर, हात्तिसार, एयरपोर्ट, सिफल, पुरानो बसपार्क, स्वयम्भू, गोकर्ण, सुन्दरीजल, कपन, धापाखेल, गल्फुटार, नेपालटार, नयाँ बसपार्क र बालाजु लगायत स्थानहरूबाट फेला पारिएको ट्राफिक प्रहरीले जनाएको छ।
यसैगरी, साउन महिनादेखि हालसम्म ट्राफिक प्रहरीले कुल ५२ वटा चोरी भएका दुई पाङ्ग्रे सवारीसाधन फिर्ता गरिसकेको छ।
सवारी चोर्ने कार्यमा संलग्न तीन जनालाई समेत नियन्त्रणमा लिइएको छ र आवश्यक कारबाहीका लागि सम्बन्धित प्रहरी वृत्तहरूमा पठाइएको प्रहरीले जानकारी दिएको छ।
सवारी फिर्ता पाएपछि सवारीधनीहरूले खुसी व्यक्त गर्दै ट्राफिक प्रहरीलाई सामूहिक रूपमा धन्यवाद दिएका थिए।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक ९एसपी० दिपक गिरीका अनुसार, आर्थिक वर्ष २०८०र८१ मा ४१७ ओटा र चालु आर्थिक वर्ष २०८१र८२ मा हालसम्म ५०३ ओटा दुई पाङ्ग्रे सवारीसाधन ट्राफिक प्रहरीले फेला पारी सम्बन्धित धनीलाई फिर्ता गरिसकेको छ।
सवारी चोरी हुन नदिन ट्राफिक प्रहरीले सवारीधनीहरूलाई सुरक्षित स्थानमा पार्किङ गर्न, ह्वील लक, चेन लक, ह्यान्डल लक, डिस्क लक र सुरक्षा साइरनजस्ता प्रविधिहरू प्रयोग गर्न सुझाव दिएको छ। साथै, सुनसान तथा एकान्त ठाउँमा सवारी नछोड्न आग्रह गरिएको छ।
सवारी हराएको वा चोरी भएको अवस्थामा ट्राफिक प्रहरीको हटलाइन १०३ वा नेपाल प्रहरीको हटलाइन १०० मा सम्पर्क गर्न वा नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिने जानकारी दिइएको छ।
FACEBOOK COMMENTS