काठमाडौं । शुक्रबार आज काठमाडौं उपत्यकाकामा सडकमा सवारी चाप बढेको छ। दसैँका लागि उपत्यका बाहिरिएका मानिसहरू फर्किन थालेसँगै सडकमा चहलपहल बढन थालेको हो ।
अन्य दिनको तुलनामा आज (शुक्रबार) सार्वजनिक सवारीसाधनको चाप बढ्नुका साथै यात्रु र पैदलयात्रीको आवागमन पनि बढेको पाइएको छ ।
यस वर्ष दसैँ मनाउन काठमाडौं उपत्यका छाड्नेको सङ्ख्या पाँच लाख ७६ हजार नाघेको थियो।
दसैँ बिदापछि उपत्यकामा मानिसहरूको आवागमन बढ्दै जाँदा सवारी चापमा समेत वृद्धि भएको छ।