काठमाडौं । अमेरिकाले आफ्ना नागरिकहरूलाई तुरुन्तै भेनेजुएला छोड्न आग्रह गरेको छ ।
अमेरिकी विदेश विभागका अनुसार, भेनेजुएलामा सशस्त्र मिलिशियाहरूले नाकाबन्दी लगाएको रिपोर्ट आएको छ ।
अमेरिकी विदेश विभागले भेनेजुएलाका मिलिशियाहरूले अमेरिकीहरू र उनीहरूका समर्थकहरूको खोजी गरिरहेको र उनीहरूका सवारी साधनहरूको खोजी गरिरहेको बताएको छ ।
भेनेजुएलामा अमेरिकी सैन्य कारबाहीको एक हप्तापछि यस्तो कदम चालिएको छ । अमेरिकाले भेनेजुएलाका नेता निकोलस मादुरोलाई पक्रुआ गरेर अमेरिका लागेको थियो, जहाँ उनी हतियार र लागूपदार्थको तस्करीको मुद्दाको सामना गरिरहेका छन्।
निकोलस मादुरोको सट्टा भेनेजुएलाका उपराष्ट्रपति डेल्सी रोड्रिगेजलाई अन्तरिम राष्ट्रपति नियुक्त गरिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाको अन्तरिम सरकारले अमेरिकी समर्थनमा देश चलाएको बताउदै अब केहि समय भेनेजुएला आफुहरुको नियन्त्रणमा हुने बताएका थिए ।

साथै उनले अब भेनेजुएलामा थप आक्रमणको आवश्यकता नपर्ने बताएका थिए । तर आफ्ना नागरिकहरुलाई फिर्ता बोलाएर अमेरिकाले भेनेजुएलामा थप आक्रमणको संकेत गरेको छ ।

FACEBOOK COMMENTS