काठमाडौं । भेनेजुएलाले निजी कम्पनीसँग भएका १९ वटा तेल तथा ग्यास उत्पादन साझेदारी सम्झौता स्थगित गरेको छ । ती सम्झौताहरू पूर्व राष्ट्रपति निकोलस मादुरोको कार्यकालमा गरिएको बताइएको छ ।
सञ्चार माध्यमका अनुसार सम्झौताहरूको वैधता र सम्बन्धित कम्पनीहरूको पृष्ठभूमिबारे समीक्षा प्रक्रिया सुरु गरिएको छ । यद्यपि सम्झौता स्थगित गरिए पनि हालसम्म देशको तेल तथा ग्यास उत्पादनमा कुनै असर परेको छैन ।
सरकारी नियन्त्रणमा रहेको तेल कम्पनीले सम्बन्धित आयोजनाबाट उत्पादन भएको कच्चा तेलको बिक्री भने निरन्तर जारी राखेको छ ।
हाल भेनेजुएला र अमेरिका दुवै पक्षले सम्झौताका सर्तहरू पुनरावलोकन गरिरहेका छन् भने केही सम्झौता रद्द गर्न सिफारिस हुन सक्ने जनाइएको छ । हालै हाइड्रोकार्बनसम्बन्धी कानुन संशोधन भएपछि सरकारले विद्यमान सम्झौता पुनरावलोकन गर्न छ महिनाको समय पाएको छ ।
FACEBOOK COMMENTS