काठमाडौँ । भेनेजुएलाको सर्वोच्च अदालतले उपराष्ट्रपतिलाई अन्तरिम राष्ट्रपतिको काम गर्न निर्देशन दिएको छ ।भेनेजुएलाको सर्वोच्च अदालतले उपराष्ट्रपति डेल्सी रोड्रिगेजलाई अन्तरिम राष्ट्रपतिको भूमिका निभाउन निर्देशन दिएको हो । अदालतले रोड्रिगेजलाई प्रशासनिक निरन्तरता र राष्ट्रको व्यापक रक्षाको ग्यारेन्टी गर्न पदमा राख्नु महत्त्वपूर्ण भएको बताउदै सो आदेश दिएको बताइएको छ ।
गणतन्त्रका राष्ट्रपतिको जबरजस्ती अनुपस्थितिको सामना गर्दा राज्यको निरन्तरता, सरकारको प्रशासन र सार्वभौमिकताको रक्षाको ग्यारेन्टी गर्न लागू हुने कानुनी रूपरेखा निर्धारण गर्न उनलाई जिम्मेवारी दिइएको आदेशमा भनिएको छ ।
यसअघि शनिबार राष्ट्रपति निकोलस मादुरो र उनकी श्रीमतीलाई अमेरिकाले नियन्त्रणमा लिएर हाल न्यूयोर्क पुर्याइसकेको छ । अब मादुरोले अमेरिकामा लागूपदार्थ तस्करी र संगठित अपराधसँग सम्बन्धित गम्भीर आरोपमा दायर भएका मुद्धाको सामना गर्नुपर्ने बताइएको छ ।
FACEBOOK COMMENTS