काठमाडौ । नेपालको लागि सर्वाधिक लोकप्रिय स्कुटर भेस्पा तथा अप्रिलियाको वितरक डेल्टा अटोकर्प प्रा.लिले भक्तपुरकोघलाते चोकमा नयाँ सुविधासम्पन्न शोरुम खोलेको छ।
कम्पनीको स्कुटर प्रति बढ्दो रुचि र ग्राहकवर्गको सुविधा र सहजतालाई मध्यनजर गर्दै देशैभर शोरुम विस्तार गर्ने क्रममा यो शोरुम खुलेको हो। यस शोरुम मार्फत ग्राहकहरुले अन्य शोरुम सरहको सेवा, सुविधा पाउने छन।
कम्पनीले भर्खरै लञ्च गरेको नेपालकै पहिलो १७५ सिसीको पावरफुल, स्टाइलिस र बेस्ट पर्फर्मेन्सको स्कुटर अप्रिलिया एसआर १७५ पनि बिक्रीको लागि राखिएको छ भने अत्यन्तै आकर्षक दुई नयाँ कलर लाइल्याक र गोल्डेन ओरो कलरको नयाँ दुईभेस्पा लगायतका भेस्पा तथा अप्रिलियाको सम्पूर्ण मोडल यस शोरुममा उपलब्ध छ।
साथसाथै यस शोरुममा भेस्पा, अप्रिलिया खरिदको लागि आउने ग्राहकहरुले आकर्षक दशैं अफर भेस्पा,अप्रिलियासँग दशैंको दक्षिणा मा समेत समावेश गराइ हरेक खरिदमा स्क्र्याच मार्फत रु. १ लाखसम्म क्यास रपक्का उपहारमा अनर एक्स फाइभ प्ले स्मार्ट वाच उपहार प्रदान गरिनेछ ।
अफर अन्तर्गत हरेक एक्सचेञ्जमा पनिरु.२५ हजारसम्मको क्यास ब्याक पाउन सकिनेछ भने नागरिकताको भरमा शून्य प्रतिशत सर्भिस चार्जमाफाइनान्स सुविधा पनि उपलब्ध हुनेछ।

डेल्टा अटोकर्प प्रा.लि. का डाइरेक्टर तथा सीईओ विजय महतोले भन्नुभयो, “भेस्पा र अप्रिलियाको प्रतिष्ठितइटालियन विरासतलाई भक्तपुरसम्म ल्याउँदै गर्दा आज हाम्रो लागि महत्वपूर्ण अवसर बनेको छ।

कला, संस्कृति र हस्तकलाको समृद्ध विरासत बोकेको भक्तपुर यी दुई प्रतिष्ठित ब्रान्डका लागि स्वाभाविक गन्तव्य बनेको छ। नयाँ शोरुममार्फत यहाँका ग्राहकलाई इटालियन डिजाइन, उत्कृष्टता र पर्फर्मेन्सको नयाँ अनुभव प्रदान गर्नपाउँदा हामी गौरवान्वित छौं र ग्राहकहरूलाई स्वागत गर्न उत्साहित छौं।”

त्यस्तै, डाइरेक्टर केतन भिमसारियाले भन्नुभयो “नेपालको सम्पदा र संस्कृतिमा भक्तपुरको विशेष स्थान छ रयसको विकास यात्राको हिस्सा बन्न पाउँदा हामी निकै खुसी छौं।
नयाँ शोरुमको सुरुवातसँगै हामी भक्तपुरको समृद्ध विरासतलाई भेस्पा र अप्रिलियाको विशिष्ट इटालियन पहिचानसँग जोड्दैछौं।
यहाँका ग्राहकसँगदीर्घकालीन सम्बन्ध निर्माण गर्दै सँगै धेरै अविस्मरणीय यात्राहरू सिर्जना गर्न हामी उत्साहित छौं।” यो शोरुमबाट भक्तपुर लगायत आसपासका ग्राहकहरुलाई सजिलो सेवा, सुविधा प्राप्त हुने विश्वास रहेको छ।