काठमाडौ । भिजी मोटर्स कम्पनीले नाडा अटो शो लाई मध्यनजर गरी चिनियाँ विधुतिय गाडी उत्पादन कम्पनी जोइलोङ्ग तथा एसआरएमका ८ वटा नयाँ मोडलहरुलाई नेपाली बजारमा भित्र्याएको छ ।
८ वटा मोडलहरुले नेपाली उपभोक्तालाई आवश्यक कमर्सियल गाडीहरुका माग पूरा गर्ने विश्वास कम्पनीले लिएको छ । जोइलोङ्ग तथा एसआरएम चीनको सबैभन्दा ठूला कमर्सियल गाडी उत्पादन गर्ने कम्पनी भएको बताइएको छ ।
भिजि मोटर्सले चीनको अत्याधुनिक उद्योगमा, विश्व स्तरिय गुणस्तरमा आफैले गाडी उत्पादन गर्ने कम्पनीहरु जोइलोङ्ग तथा एसआरएमका गाडीहरु नेपालमा भित्रयाएको जनाएको छ । यसले गर्दा कमर्सियल गाडी खरिद गरेपछि आगामी १५-२० वर्ष सम्म यी कम्पनीहरुले राम्रो सर्विस तथा पार्ट्सको उपलब्धता सुनिश्चित गर्ने जनाएको छ ।
जोइलोङ्ग कम्पनीका ठूला १५-१७-२० सिटर माइक्रो बस अनावरण गर्दै कम्पनीका महाप्रबन्धक ज्याङ्गले जोइलोङ्गका ठूला माइक्रो बसहरु वर्षौदेखि अध्ययन र अनुसन्धान तथा परिक्षण गरि डिजाइन गरिएको बताए ।
जस्तोसुकै बाटोमा चलाउन सकिने गरि डिजाइन गरिएको उनको भनाइ छ । हाल जोइलोङ्गका गाडीहरु विकसित मुलुकहरु जस्तै अस्ट्रेलिया, सिंगापुर, मलेसिया जस्ता देशहरु मा अत्याधिक रुचाइएका हुन् । बजारमा उपलब्ध अन्य गाडीहरु भन्दा जोइलोङ्गका गाडीमा जडान गरिएको पावरफुल मोटर र ठुलो ब्याट्रीले अत्याधिक रेन्ज दिने गरेको कुरा महाप्रबन्धक ज्याङ्ग बताए ।
भिजि मोटर्सले ५ वटा विभिन्न प्रकारका गाडीहरु अनावरण गरेको छ । ५ वटा मोडलहरुमा टी-३ पिक अप र २ सिटर कागले सामान ढुवानी गर्ने भ्यान तथा ५ सिटर र ११ सिटर भ्यान रहेको छ ।
कार्यक्रमको भिजि मोटर्सका सीइओ विवेक बिजुक्छेले सम्पूर्ण ग्राहक महानुभावलाई ढुक्क भएर जोइलोङ्गका ठूला माइक्रोबस र एसआरएमका साना माइक्रोबस किन्नको लागि अनुरोध गरे ।
भिजीले ल्याएको नयाँ गाडीमा जोइलोङ्ग इए -४,१५ सिटरको मूल्य ६४ लाख रहेको छ । यो ८६ किलो वाट प्रति घन्टा रहेको छ ।
जोइलोङ्ग इए-५, १७ सिटरको मूल्य ६० लाख रहेको छ । यो ६० किलो वाट प्रति घन्टा रहेको छ ।
जोइलोङ्ग इए-६, २० सिटरको मूल्य ७६ लाख रहेको छ । यस्तै एसआरएमका मोडलका गाडीहरुमा एसआरएम टी-३ पिकअपको मूल्य ३६ लाख रहेको छ । एसआरएम-२ सिटर कार्गोको मूल्य ३८ लाख रहेको छ । एसआरएम ५ सिटर कार्गोको मूल्य ४० लाख छ । एसआरएम ३२ म्याजिकको मूल्य ३५ लाख, एसआरएम ४२ रेगुलरको मूल्य ४५ लाख ५० हजार रुपैयाँ रहेको छ ।
FACEBOOK COMMENTS