काठमाडौं । नेपालकै अग्रणी इन्टरनेट सेवाप्रदायक भायानेट कम्युनिकेशन लिमिटेडले नयाँ ‘सुपरहिट इन्टरनेट प्याक’सार्वजनिक गरेको छ । यो योजना उच्च गति, भरपर्दो तथा किफायती इन्टरनेट सेवाका लागि डिजाइन गरिएको हो ।
सुपरहिट इन्टरनेट प्याक अन्तर्गत भायानेटले १०० एमबीपीएस, २०० एमबीपीएस र ३०० एमबीपीएस इन्टरनेट योजना उपलब्ध गराएको छ, जसमा सबैभन्दा लोकप्रिय २०० एमबीपीएस वार्षिक प्याकेज अब रु.११,२०० (भ्याट) सहित) मा प्राप्त गर्न सकिन्छ। विशेषरूपमा २०० एमबीपीएस वा सो भन्दा माथिको वार्षिक योजना लिने ग्राहकहरूले १ महिना इन्टरनेट नि:शुल्क पाउने छन् ।
साथै, यिनै २०० एमबीपीएस वा सो भन्दा माथिको प्याकेजहरूमा प्राथमिकता सेवा को साथमा’उही दिन समर्थन’’ सुविधा पनि समावेश गरिएको छ, जसअनुसार इन्टरनेट सम्बन्धी कुनै समस्या दिउँसो ३ बजे अघि दर्ता गरिने इन्टरनेट सम्बन्धी गुनासाहरूलाई सोही दिनमै प्राथमिकतापूर्वक समाधान गरिने कम्पनीले जनाएको छ ।
इन्टरनेटको अनुभव झन् सहज बनाउन इच्छुक ग्राहकका लागि भायानेटले मेष राउटर पनि विशेष मूल्यमा उपलब्ध गराएको छ। सामान्यतया रु.३,००० पर्ने मेशराउटर अहिले रु. २,५०० मा पाइनेछ ।
भायानेटका अनुसार नयाँ ‘सुपरहिट इन्टरनेट प्याक’ले ग्राहकलाई छिटो र भरपर्दो सेवाको अनुभव दिनेछ। नयाँ तथा पुराना दुवै ग्राहकका लागि यो प्याकेज उपयोगी हुने कम्पनीको दाबी छ ।

थप जानकारीका लागि भायानेटको वेबसाइट खष्बलभत.अयm.लउ/कगउभचजष्तष्लतभचलभतउबअप वा भायानेटका सामाजिक सञ्जालहरूमा सम्पर्क गर्न सकिन्छ।

FACEBOOK COMMENTS