काठमाण्डौ । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेट कम्युनिकेसन लिमिटेडले ग्राहकहरुका लागि नवीकरण अफर ल्याएको छ । यस यस अन्तर्गत भायानेटको कुनै पनि
इन्टरनेट प्याकेजको वार्षिक सदस्यता नवीकरण गरेर, ग्राहकहरूले २ महिनाको निःशुल्क इन्टरनेट सेवाको बोनस प्राप्त गर्नेछन्।
यो अफर असार २०८० सम्ममात्र उपलब्ध छ। यस अफर मार्फत विद्यमान ग्राहकहरूले निर्बाध उच्च गतिको इन्टरनेटको मजा लिँदा थप बचत गर्न सक्नेछन् ।
भायानेट देश मै पहिलोपटक फाइबर इन्टरनेट घर(घरमा पुर्याउन सुरुवात गर्ने, पहिलो मल्टिगिग सेवा सुरु गर्ने, विगत २३ बर्ष देखी इन्टरनेट र आइपिटिभी सेवा प्रदायकको रुपमा भरपर्दो सेवा र सकृय ग्राहक सपोर्टको लागि प्रख्यात छ।
FACEBOOK COMMENTS