काठमाडौँ । नेपालको अग्रणी इन्टरनेट तथा टेलिभिजन सेवा प्रदायक भायानेट कम्युनिकेसन्सले ग्राहकहरूका लागि आकर्षक र अत्याधुनिक प्याकेज सार्वजनिक गरेको छ।
कम्पनीले नवीनतम वाईफाई ६ प्रविधिसहितको २५० एमबिपिएस इन्टरनेट प्याकेज करसहित मात्र रु. १३,८०० प्रति वर्षमा उपलब्ध गराउँदै आएको छ।
यस अफर अन्तर्गत रु. २,८२५ पर्ने वाईफाई ६ ओएनयू जडान शुल्क पूर्णरूपमा नि:शुल्क गरिएको छ भने ग्राहकले केवल रु. १,००० डिपोजिट मात्र राख्नुपर्नेछ। छिटो र भरपर्दो इन्टरनेट अनुभव खोज्नेहरूका लागि यो प्याकेज उत्कृष्ट विकल्प बन्ने कम्पनीको विश्वास छ।
यस इन्टरनेट प्याकेजसँगै ग्राहकहरूले मात्र रु. २५० प्रति महिना (करसहित) मा भायाटिभी सेवा पनि थप गर्न सक्नेछन्।
भायाटिभीमा २०० भन्दा बढी च्यानल, प्रत्यक्ष टिभी रोक्ने र फेरि चलाउने (पज एन्ड प्ले) सुविधा, कार्यक्रम तालिका, तथा थुप्रै चलचित्र र सिरिजहरू उपलब्ध छन्।

वार्षिक प्याकेज लिने ग्राहकहरूले पहिलो सेट–टप–बक्सका लागि रु. २,२६० पर्ने सक्रिय शुल्क (एक्टिभेसन फी) तिर्नु पर्ने छैन। यसका लागि पनि ग्राहकले केवल रु. १,००० डिपोजिट मात्र बुझाए पुग्नेछ।

ग्राहकहरूलाई अतिरिक्त फाइदा दिन भायानेटले डामी एपसँग समेत सहकार्य गरेको छ। वार्षिक प्याकेज नवीकरण गर्ने ग्राहकहरूले रु. १,५०० बराबरको १ वर्षको डामी एप सदस्यता पूर्ण रूपमा नि:शुल्क पाउनेछन्।

डामी एपमार्फत काठमाडौं, पोखरा र चितवनका ग्राहकहरूले विभिन्न रेस्टुरेन्ट, कपडा पसल, सैलुन, र खुद्रा पसलहरूमा आकर्षक छुटको लाभ लिन सक्नेछन्। भायानेटको यो सिजनको मुख्य सन्देश नै “अब स्टेडियम घरमै, मनोरञ्जन अब घरमै” भन्ने रहेको छ।
यसैबीच, फुटबल प्रेमीहरूलाई लक्षित गर्दै भायाटिभीका ग्राहकहरूले फुटबल विश्वकप २०२६ हेर्न आवश्यक कुपन भायानेटमार्फत खरिद गर्न सक्ने व्यवस्था मिलाइएको छ। नेपालमा विश्वकप २०२६ को प्रसारण अधिकार हिमालय टिभीसँग सुरक्षित रहेको छ।
हिमालय टिभीले तोकेको दरअनुसार ग्राहकहरूले प्रति टिभी रु. ९९९ मा कुपन खरिद गरी भायाटिभीमार्फत ‘हिमालय स्पोट्र्स च्यानल’ मा खेलहरू प्रत्यक्ष हेर्न पाउनेछन्।
यो कुपन खरिद गर्न ग्राहकहरूले ईसेवा, खल्ती, फोनपे, वा कनेक्ट आइपिएस जस्ता अनलाइन भुक्तानी एपमा “भायानेट” खोजेर आफ्नो ग्राहक आईडी राखी भुक्तानी गर्न सक्नेछन्। साथै, भायाटिभीमा हिमालय स्पोट्र्स च्यानल खोल्दा देखिने क्युआर कोड स्क्यान गरेर वा नजिकैको भायानेट आउटलेटमा गएर पनि कुपन लिन सकिनेछ।
भुक्तानी भएपछि च्यानल खोली कुपन कोड प्रविष्ट गरेर च्यानल सक्रिय गर्न सकिन्छ। ध्यान दिनुपर्ने कुरा के छ भने, एउटा कुपन एउटा टिभीमा मात्र प्रयोग गर्न सकिनेछ र यसलाई अर्को टिभीमा सार्न मिल्ने छैन। यस सम्बन्धी थप जानकारीका लागि ग्राहकले भायानेटको सेवा नम्बर ०१–५९७०६४४ मा सम्पर्क गर्न सक्नेछन्।