काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा वरिष्ठ उपाध्यक्षका उम्मेदवार अन्जान श्रेष्ठले निजी क्षेत्रलाई जीवन्त बनाउन भूमिका खेल्ने बताएका छन् ।
काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले निजी क्षेत्र मैत्री वातावरण बनाउन र जीवन्त बनाउनकै निम्ती आफुले उम्मेदवारी दिएको समेत बताए ।
याे पनि,
म ढुक्क छु, मेराे जित निश्चित छ [अञ्जन श्रेष्ठसंगकाे अन्तवार्ता]
आइतबार साँझ वस्तुगत र एसोसिएट सदस्यसँगको भेटघाटका लागि बोलाइएको छलफलमा श्रेष्ठले भने, ‘निजी क्षेत्रलाई जीवन्त बनाउन पर्ने आजको आवश्यक्ता छ । यही लक्ष्य र उद्देयश्सहित मैले उम्मेदवारी दिएको छु ।’
यस्तै, आफू नेतृत्वमा पुगेपछि सबैले फेरिएको महासंघ पाउने समेत श्रेष्ठको भनाइ छ ।
यसबाहेक, सरकारसँग निडर बनेर निजी क्षेत्रको माग र आवश्यक्ता राख्न समेत पछि नहट्ने आफ्नो योजना रहेको श्रेष्ठले जानकारी दिए ।
महासंघको चुनाव नजिकिँदै गएपछि उम्मेदवारहरुले आफ्नो दौडलाई तीव्रता दिएका छन् ।
भिडियाे
FACEBOOK COMMENTS