काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग प्रदेश प्रमुखहरुले शिष्टाचार सामुहिक भेट गरेका छन् ।
कोशी प्रदेशका प्रमुख पर्शुराम खापुङ, बागमती प्रदेशका प्रमुख दिपक प्रसाद देवकोटा तथा सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार सामुहिक भेट गरेका हुन्छ ।
भेटका क्रममा उपराष्ट्रपति यादव र प्रदेश प्रमुखहरूबीच देशको वर्तमान परिस्थिति तथा समसामयिक विषयहरूमा महत्वपूर्ण छलफल भएको थियो ।
FACEBOOK COMMENTS